काठमाडौं । चितवनको खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन् । गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएकी केन्द्रका प्रमुख मणिपुरण चौधरीले बताए ।
छावाको नामकरण १२औं दिनमा गरिने उनले जानकारी दिँए । केन्द्रमा तमोरकली, तीर्थमानकली, लोकन्त्रकली र चितवनकली गर्भवती रहेको उनको भनाइ छ ।
हाल प्रजनन केन्द्रमा ९ वटा ढोइ छन् भने १० वटा छावा छन् । तीमध्ये ६ वटाले तालिम पाइसकेका छन् । तालिम लिएका ४ भाले र २ पोथी हुन् । ४ वटा बच्चामध्ये एउटा पोथी हो भने अरु भाले हुन् ।