नेपालगञ्जमा अब अशोक लेल्यान्डको नयाँ रिटेल पार्ट्स आउटलेट

<p>काठमाडौं । परिचित कमर्सियल सवारीसाधन निर्माता कम्पनी अशोक लेल्यान्डले विशेष रिटेल पाट्र्स आउटलेट ‘जेके पाट्र्स’ सञ्चालनमा ल्याएको छ । कम्पनीले उक्त बिक्री केन्द्र मार्फत अशोक लेल्यान्डका जेन्युइन स्पेयर पार्ट्स र एसेसरिजसहितको वान-स्टप सोलुसन उपलब्ध गराउने जनाएको छ । नेपालगञ्जको भुजैगाउँमा खुलेको सो नयाँ आउटलेटमा अशोक लेल्यान्डका सवारीधनी र फ्लिट अपरेटरका विविध आवश्यकता पुरा हुने गरी [&hellip;]</p>

काठमाडौं । परिचित कमर्सियल सवारीसाधन निर्माता कम्पनी अशोक लेल्यान्डले विशेष रिटेल पाट्र्स आउटलेट ‘जेके पाट्र्स’ सञ्चालनमा ल्याएको छ । कम्पनीले उक्त बिक्री केन्द्र मार्फत अशोक लेल्यान्डका जेन्युइन स्पेयर पार्ट्स र एसेसरिजसहितको वान-स्टप सोलुसन उपलब्ध गराउने जनाएको छ ।

नेपालगञ्जको भुजैगाउँमा खुलेको सो नयाँ आउटलेटमा अशोक लेल्यान्डका सवारीधनी र फ्लिट अपरेटरका विविध आवश्यकता पुरा हुने गरी उच्च गुणस्तरीय, फ्याक्ट्रीद्वारा प्रमाणित पार्ट्स र एसेसरिज उपलब्ध हुनेछन् ।

एक कार्यक्रमका बीच उक्त आउटलेटको उदघाटन अशोक लेल्यान्ड भारतका पार्ट्स प्रतिनिधि मलय साहु र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले संयुक्त रूपमा गरेका थिए ।

अशोक लेल्यान्ड भारतका पाट्र्स प्रतिनिधि मलय साहुले भने, ‘रिटेल पार्ट्स आउटलेटले हाम्रा ग्राहकलाई अझै सेवा प्रदान गर्न र जेन्युइन अशोक लेल्यान्ड पाट्र्स उपलब्ध गराउन सहयोग गर्नुका साथै आफ्नो सवारी साधनको पर्फमेन्स बढाउन र लामो समय चल्न सक्षम बनाउने छ ।’

त्यसैगरी, अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले भने, ‘आईएमई मोटर्सले ग्राहकलाई सधैं उच्च स्तरीय सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी दिनमा जेन्युइन अशोक लेल्यान्ड पार्ट्स उपलब्ध गराएर हाम्रो सेवाको गुणस्तर अझै वृद्धि हुने र सवारी साधनको विश्वसनियता र सुरक्षा समेत अझै बढाउने हाम्रो लक्ष्य छ ।’

Share News