काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ ।
आज एक तोला छापावाल सुनको मोल एक लाख ५९ हजार २०० रुपैयाँकायम भएको महासंंघका जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, सोमबार एक हजार ८५० रुपैयाँ कायम भएको एक तोला चाँदीको मूल्य आज १५ ले घटेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्ले जनाएको छ ।