काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् ।
आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरु भन्दा युवा पुस्ताहरुबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने दाबी गरे । आज नै प्रधानमन्त्रीमा नियुक्ति गरे पनि अहिलेको भन्दा राम्रो काम गरेर देखाउने उनको भनाइ छ ।
महामन्त्री थापाले नेपाली नागरिकको समुन्नति अबको आवश्यकता भएको बताए । उनले नेपाल पहिलाको भन्दा धेरे विकसित भएको बताए । नेपालको अबको मुद्दा नेपालमै नागरिकलाई आत्मसम्मानका साथ जीविकोपार्जन गर्नसक्ने हुनुपर्ने बताए ।