राष्ट्र बैंकले गर्यो ७ विकास बैंक र ८ फाइनान्सका सीईओलाई कारबाही

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ वटा विकास बैंक र ८ वटा फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई सचेत गराएको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले उक्त वित्तीय संस्थाहरूलाई सचेत गराएको हो । विकास बैंक र फाइनान्सले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म गरेको गल्तीको कारण १५ जना सीईओलाई सचेत गराएको हो। लुम्बिनी [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ वटा विकास बैंक र ८ वटा फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई सचेत गराएको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले उक्त वित्तीय संस्थाहरूलाई सचेत गराएको हो ।

विकास बैंक र फाइनान्सले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म गरेको गल्तीको कारण १५ जना सीईओलाई सचेत गराएको हो। लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक र सप्तकोशी डेभलपमेण्ट बैंकका सीईओलाई सचेत गराएको राष्ट्र बैंकले जनाएको छ । ।

पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले पेश गरेको प्रतिवेदनमा संस्थाहरूबाट प्रवाह भएका कर्जाहरूमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरूको सम्बन्धमा सम्बन्धित संस्थाले सो संस्थाको आन्तरिक लेखा परीक्षणकबाट तयार गरी राष्ट्र बैंकमा पेश गरेको प्रतिवेदनमा खुलाइएअनुसार संस्थाबाट प्रवाह भएका केही सहुलियपूर्ण कर्जा सदुपयोग नभएबाट सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र राष्ट्र बैंकबाट जारी सो सम्बन्धी निर्देशन उल्लंघन भएको हुँदा यी ७ वटा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड ९क० बमोजिम सचेत गराइएको राष्ट्र बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ ।

फाइनान्स तर्फ समृद्धि फाइनान्स, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स , आइसीएफसी फाइनान्स , जानकी फाइनान्स , सेन्ट्रल फाइनान्स , रिलायन्स फाइनान्स र गुडविल फाइनान्सका सीईओहरू कारबाहीमा परेका हुन् ।

Share News