काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको बिक्रीदर बढेको छ भने युरो र पाउन्ड स्ट्रलिङको भाउ लगातार दोस्रो दिन घटेको छ।
निर्धारित विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा कायम भएको छ। बिहीबार डलरको खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा रहेको थियो।
यस्तै, युरोपेली युरोको भाउ पनि घटेको छ। आज युरो एकको खरिददर १६६ रुपैयाँ ६० पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ। बिहीबार युरोको खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३० पैसा रहेको थियो।
त्यसैगरी, बेलायती पाउन्ड स्ट्रलिङको मूल्य पनि लगातार दोस्रो दिन ओरालो लागेको छ। आज पाउन्ड एकको खरिददर १९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २०० रुपैयाँ ११ पैसा कायम भएको छ। अघिल्लो दिन यसको खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा रहेको थियो।