६ महिनामा नेपाल बैंकको खुद नाफा ४६ करोड, खराब कर्जा बढ्यो

<p>काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दास्रो त्रैमाससम्म नेपाल बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तिय विवरण अनुसार बैंकको नाफा २१.८६ प्रतिशतले घटेको हो । चालु आवको पौष मसान्तसम्म बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा यस्तो नाफा ५९ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दास्रो त्रैमाससम्म नेपाल बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तिय विवरण अनुसार बैंकको नाफा २१.८६ प्रतिशतले घटेको हो ।

चालु आवको पौष मसान्तसम्म बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा यस्तो नाफा ५९ करोड रुपैयाँ रहेको थियो ।

बैंकको प्रति सेयर आम्दानी ८.०३ रुपैयाँबाट घटेर ६.२७ रुपैयाँमा सिमित भएको छ । यसैगरी, प्रति आम्दानी अनुपात ४१.५१ गुणा, नेट वर्थ २६१.९६ रुपैयाँ रहेको छ । वितरण योग्या नाफा १६ करोड २१ लाख ऋणात्मक रहेको छ ।

बैंकको खराब कर्जा ४.५० प्रतिशतबाट बढेर ४.९९ प्रतिशत पुगेको छ ।

Share News