नक्कली डाक्टर बनेर लुटपाट

<p>काठमाडौं । नक्कली डक्टर बनेर लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका-२ हरिटोल घर भइ हाल ललितपुरको ग्वार्को बस्ने ३० वर्षीय जितेन्द्र मण्डल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित पीआरसीबीबाट गएको टोलीले उनलाई नुवाकोटको पन्चकन्या गाउँपालिका-४ आरुखर्कबाट पक्राउ गरेको हो । सामाजिक सञ्जाल फेसबुकबाट [&hellip;]</p>

काठमाडौं । नक्कली डक्टर बनेर लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका-२ हरिटोल घर भइ हाल ललितपुरको ग्वार्को बस्ने ३० वर्षीय जितेन्द्र मण्डल रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित पीआरसीबीबाट गएको टोलीले उनलाई नुवाकोटको पन्चकन्या गाउँपालिका-४ आरुखर्कबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल फेसबुकबाट साथी बनाइ आफू डाक्टर भएको र उपचार गरिदिने भन्दै पीडितको घरमा गइ बेहोस बनाइ लुटपाट गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

एक जना पीडितको कोठाबाट उनले सुनका गहनासहित तीन लाख रुपैयाँ लुटेको उजुरीपछि प्रहरीले पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका उनलाई थप अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाएको छ ।

Share News