बालेनको गुनासो- सरकारले तीनकुनेको जग्गाको मुआब्जाका लागि कुनै प्रक्रिया अघि बढाएन

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले अहिलेको सरकारले तीनकुनेको जग्गाको मुआब्जाका लागि कुनै प्रक्रिया अघि नबढाएको गुनासो गरेका छन् । शुक्रबार आयोजित कोटेश्वर महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो गुनासो गरेका हुन् । प्रमुख बालेनले दुई तिहाइको सरकारले केही पनि गर्न नसकेको बताए । उनले भने, &#8216;यसपालि दुईतिहाइको सरकार छ, त्यही पनि [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले अहिलेको सरकारले तीनकुनेको जग्गाको मुआब्जाका लागि कुनै प्रक्रिया अघि नबढाएको गुनासो गरेका छन् ।

शुक्रबार आयोजित कोटेश्वर महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो गुनासो गरेका हुन् ।

प्रमुख बालेनले दुई तिहाइको सरकारले केही पनि गर्न नसकेको बताए ।

उनले भने, ‘यसपालि दुईतिहाइको सरकार छ, त्यही पनि केही गरेकै छैन ।व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो । यहाँको मुआब्जा दिनका लागि कुनै प्रक्रिया भएको छैन ।’

प्रमुख बालेनले कोटेश्वरमा पहिलोपटक महोत्सव भएकोमा खुसी व्यक्त गरे ।

महानगरका अनुसार तीनकुनेको ४६ रोपनी जग्गामध्ये २५ रोपनी जग्गाका धनीले हालसम्म मुआब्जा लिन मानेका छैनन् ।

उनीहरूले अहिलेको चलनचल्तीको भाउमा मुआब्जा पाउने पर्ने माग गरेका छन् ।

Share News