दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

<p>काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रसाईंका छोरा निराजनका तर्फबाट नारद खवासले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले यस्तो आदेश दिएको हो । इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ । निराजनको यसअघिको रिटमा पनि प्रसाईंलाई अदालतमा उपस्थित गराउने [&hellip;]</p>

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रसाईंका छोरा निराजनका तर्फबाट नारद खवासले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले यस्तो आदेश दिएको हो । इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ ।

निराजनको यसअघिको रिटमा पनि प्रसाईंलाई अदालतमा उपस्थित गराउने आदेश भएको थियो । उक्त रिट सर्वोच्चले खारेज गरेपछि काठमाडौं जिल्ला अदालतले प्रसाईं साइबर अपराधमा धरौटीमा रिहा हुने थुनछेक आदेश गरेको थियो ।

तर, प्रहरीले प्रसाईंलाई संगठित अपराधमा थुनामै राखेर पुनः पक्राउ पुर्जी लिएको थियो । आफ्ना बाबुलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै मंगलबार (हिजो) निराजनका तर्फबाट पुनः बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराइएको थियो ।

Share News