रौतहटको ईशनाथ ७ मा कांग्रेसका खलिक विजयी

<p>काठमाडौं । रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका खलिकले ६२७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शेख अनवारले ५७५ मत प्राप्त गरे । आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सदरे आलमले [&hellip;]</p>

काठमाडौं । रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका खलिकले ६२७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शेख अनवारले ५७५ मत प्राप्त गरे ।

आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सदरे आलमले ४५२ मत प्राप्त गर्दा जनमत पार्टीका शेख जमिरुल हकले १३५ मत प्राप्त गरे ।

साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का शेख अमिरुलले २४, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन शाहले १४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शेख असराजले ६ र जनता समाजवादी पार्टी नेपालका शेख अब्दुल अहदले ४ मत प्राप्त गरेका छन् ।

साथै स्वतन्त्र उम्मेदवारहरु शेख अंजर हुुसेनले दुई, शेख अबुजैरले एक र शेख नजिरुलले एक मत प्राप्त गरेका छन् ।

Share News