रवि लामिछानेको आजको बयान सकियो

<p>काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको शुक्रबारको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रबार बिहानदेखि लामिछानेको बयान लिइएको थियो । दिउँसो साढे ३ बजे आजका लागि बयान सकिएको हो । आइतबार थप बयान लिइने जिल्ला सरकारी वकिलले जनाएको छ । कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको [&hellip;]</p>

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको शुक्रबारको बयान सकिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रबार बिहानदेखि लामिछानेको बयान लिइएको थियो । दिउँसो साढे ३ बजे आजका लागि बयान सकिएको हो । आइतबार थप बयान लिइने जिल्ला सरकारी वकिलले जनाएको छ ।

कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याइएको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । रवि कात्तिक २ गते पक्राउ परेका थिए ।

Share News