तोलामा १७ सयले बढ्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ७ सय रुपैयाँ बढेको हो । आज छापावाल सुन तोलाको १ लाख ६७ हजार २ सयमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ६५ हजार ५ सय रुपैयाँ थियो [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ७ सय रुपैयाँ बढेको हो । आज छापावाल सुन तोलाको १ लाख ६७ हजार २ सयमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ६५ हजार ५ सय रुपैयाँ थियो ।

साथै, आइतबार चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलाको १ हजार ९ सय ४० थियो ।

Share News