रकम फिर्ता पाउनुपर्ने माग गर्दै सहकारी पीडितले गरे आन्दोलन

<p>काठमाडौं । सहकारी पीडित र प्रहरीबीच झडप भएको छ । बुधबार काठमाडौंको माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शनपश्चात झडप भएको हो । थापाथलीतिरबाट आएको सहकारी पीडितको जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने गेट नजिकै रोकेको थियो । तर जुलुस अगाडि बढ्न खोज्दा झडप भएको हो । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । सहकारीमा बचत [&hellip;]</p>

काठमाडौं । सहकारी पीडित र प्रहरीबीच झडप भएको छ । बुधबार काठमाडौंको माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शनपश्चात झडप भएको हो ।

थापाथलीतिरबाट आएको सहकारी पीडितको जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने गेट नजिकै रोकेको थियो । तर जुलुस अगाडि बढ्न खोज्दा झडप भएको हो । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।

सहकारीमा बचत गरेको रकम फिर्ता नपाएकाहरूले आफूहरूको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । माइतीघर नजिकै आइपुग्दा निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै प्रहरीले बल प्रयोग गरेको हो ।

Share News