बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

<p>काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यावसायीकाअनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । साथै, चाँदीको मूल्य भने सामान्य घटेको छ । आज [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ ।

नेपाली सुनचाँदी व्यावसायीकाअनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैँयाले घटेर चाँदी तोलामा १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

Share News