३ महिनामा वैदेशिक शिक्षाका लागि ३२ अर्ब १८ करोड बाहिरियो

<p>काठमाडाैं । अध्ययनका लागि नेपाली विद्यार्थी विदेशिँदा ३२ अर्ब रुपैयाँ बढी बाहिरिएको छ । चालु आर्थिक वर्षको ३ महिनामा अध्ययनका लागि विद्यार्थी विदेश जाँदा ३२ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आवको सोही अवधिका विद्यार्थीहरू अध्ययनका लागि विदेश जाँदा ३२ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको थियो । अध्ययनका लागि [&hellip;]</p>

काठमाडाैं । अध्ययनका लागि नेपाली विद्यार्थी विदेशिँदा ३२ अर्ब रुपैयाँ बढी बाहिरिएको छ । चालु आर्थिक वर्षको ३ महिनामा अध्ययनका लागि विद्यार्थी विदेश जाँदा ३२ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आवको सोही अवधिका विद्यार्थीहरू अध्ययनका लागि विदेश जाँदा ३२ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको थियो । अध्ययनका लागि विदेशिने रकम गत वर्षको भन्द यस वर्ष ७३ करोड रुपैयाँ घटेको तथ्यांकले देखाउँछ ।

यो तीन महिना (साउन, भदौ र असोज)मा नेपालीहरूले विदेश जाँदा ५१ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको छ भने विदेशीहरू नेपाल आउँदा १७ अर्ब १३ करोड रुपैयाँ भित्रिएको छ । भ्रमण शीर्षकमा नेपाल भित्रिनेभन्दा बाहिरिने रकम ३ गुणा बढी छ ।

Share News