ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच सम्झौता, क्यानडा जाने विद्यार्थीलाई सहज हुने

<p>काठमाडौं । ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच विभित्र बैंकिङ सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय प्रमुख हिमादर मड्डीपत्लाले हस्ताक्षर गरे । यो सम्झौता भएसँगै नेपालबाट अध्ययनका लागी क्यानाडा जाने विद्यार्थी, स्थायीरूपमा क्यानडा बसाईं सरी जाने [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच विभित्र बैंकिङ सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय प्रमुख हिमादर मड्डीपत्लाले हस्ताक्षर गरे ।

यो सम्झौता भएसँगै नेपालबाट अध्ययनका लागी क्यानाडा जाने विद्यार्थी, स्थायीरूपमा क्यानडा बसाईं सरी जाने आप्रवासी, तथा फेडरल स्किल्ड वर्करहरूले आईसीआईसीआई बैंक क्यानाडाको विभिन्न बैकिङ सेवा उपभोग गर्न तथा क्यानडाबाट नेपालमा रेमिट्यान्स पठाउन/प्राप्त गर्न सहज हुनेछ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

आईसीआईसीआई बैंक क्यानाडामा भारतको निजी क्षेत्रको अग्रणी बैंक आईसीआईसीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो ।

Share News