एभरेष्ट र कुमारी बैंकले कात्तिकमा स्थिर राखे ब्याजदर

<p>काठमाडौं । एभरेष्ट बैंकले कात्तिकमा ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी असोज महिनामा तोकेको ब्याजदर नै यथावत राखेको जनाएको छ । बैंकले विभिन्न बचत, मुद्दती खाता र कर्जाका खाताहरूमा असोजको ब्याजदर नै लागू हुने बताएको छ । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत तोकेको [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकले कात्तिकमा ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी असोज महिनामा तोकेको ब्याजदर नै यथावत राखेको जनाएको छ ।

बैंकले विभिन्न बचत, मुद्दती खाता र कर्जाका खाताहरूमा असोजको ब्याजदर नै लागू हुने बताएको छ । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत तोकेको छ । यस्तै बैंकले कात्तिकमा साधारण बचत खातामा ३.०५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।

यस्तै, कुमारी बैंकले पनि ब्याजदर स्थिर राखेको छ । बैंकले असोजको ब्याजदर नै कात्तिकमा लागू हुने जनाएको छ । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत तोकेको छ । साधारण बचत खातामा ४.५१ प्रतिशत ब्याज प्रदान गर्नेछ ।

Share News