सानिमा बैंकका ग्राहकले दराजमा सामग्री खरिद गर्दा छुट पाउने

<p>काठमाडौं । सानिमा बैंकले ग्राहकहरूका लागि बडादशैंको अवसरमा दराजसँग &#8216;दशैं धमाका योजना&#8217;मा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्नसक्ने बैंकले जनाएकाे छ । ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम १ हजार ५०० रुपैयाँसम्मको [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकले ग्राहकहरूका लागि बडादशैंको अवसरमा दराजसँग ‘दशैं धमाका योजना’मा विशेष छुट दिने सहकार्य गरेको छ ।

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्नसक्ने बैंकले जनाएकाे छ ।

ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम १ हजार ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम २ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने छ ।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०८१ आश्विन ११ देखि २१ गतेसम्म ११ दिनका लागि लागू हुनेछ ।

छुटबारेको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

Share News