ग्लोबल आइएमई बैंकको ब्याजदर स्थिर, कर्जामा कति ?

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर स्थिर राखेको हो । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा भने १ प्रतिशत बढी ब्याज दिनेछ । यसअघि भदौमा पनि बैंकले सोही ब्याजदर [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर स्थिर राखेको हो ।

बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा भने १ प्रतिशत बढी ब्याज दिनेछ । यसअघि भदौमा पनि बैंकले सोही ब्याजदर प्रदान गरेको थियो ।

बैंकले असोजमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ३.५० प्रतिशत ब्याजदर तोकेको छ । ग्लोबल रेमिट बचत खातामा भने ४.५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।

कर्जातर्फ भने बैंकले आधारदरमा ३.५० प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ ।

Share News