काठमाडौं । नेपाली अचार विश्वका विभिन्न देशहरूमा निर्यात हुने गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा मात्रै नेपाली अचार विश्वका ५ मुलुकमा निर्यात भएको हो।
साउन महिनामा २ करोड २३ लाख रुपैयाँ बढीको २५ हजार ९३ केजी अचार नेपालबाट निर्यात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार अमेरिकामा ९४ लाख ५३ हजार रुपैयाँ बराबरको ९ हजार ६२२ केजी अचार निर्यात भएको छ ।
यसैगरी, अष्ट्रेलियामा ८० लाख ५० हजार रुपैयाँ बराबरको ९ हजार ८५ केजी, इटालीमा १८ लाख ३६ हजार रुपैयाँ बराबरको १२ हजार केजी, बेल्जियममा २३ लाख ५० हजार रुपैयाँको ४ हजार ५९६ केजी र क्यानडामा ६ लाख १३ हजार रुपैयाँ बराबरको ४ हजार ९० केजी अचार निर्यात भएको विभागको तथ्यांकमा उल्लेख रहेको छ ।
यो अवधिमा नेपालमा ९३ लाख रुपैयाँ बराबरको विदेशि अचार आयात भएको छ ।