काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघा अनुसार शुक्रबार प्रतितोला १ लाख ५२ हजार ९ सयमा कारोबार भएको छापावाला सुन आइतबारका लागि १ लाख ५२ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी यस दिनका लागि १ हजार ७ सय ९५ रुपैयाँ निर्धारण भएको छ ।