सरुवा र बढुवा माग्नेको भीडले अर्थमन्त्री आजित, मन्त्री र नेताको घर नचाहार्न आग्रह

<p>काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरुवा र बढुवाका लागि मन्त्री र नेताको घर नजान आग्रह गरेका छन् । उनले सरुवा र बढुवामा अन्यथा भए मर्यादित ढंगले आफ्ना तर्कहरू राख्न आग्रह गरे । उनले सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भए पनि निरीह र कमजोर हुने बताए । उनले उनीहरू राष्ट्रको सेवाभन्दा पनि सोर्स [&hellip;]</p>

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरुवा र बढुवाका लागि मन्त्री र नेताको घर नजान आग्रह गरेका छन् । उनले सरुवा र बढुवामा अन्यथा भए मर्यादित ढंगले आफ्ना तर्कहरू राख्न आग्रह गरे । उनले सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भए पनि निरीह र कमजोर हुने बताए । उनले उनीहरू राष्ट्रको सेवाभन्दा पनि सोर्स लगाउनेप्रति अनुगृहीत हुने बताए ।

उनले भने, ‘पोस्टिङजस्ता विषयमा अन्यथा भयो भने मर्यादित ढंगले आफ्ना तर्कहरू राख्नुहोला । तर, नेता र मन्त्रीकहाँ मलाई यो ठाउँमा पठाइदिनुस् भनेर सोर्स लगाउन नजानु होला, सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भए पनि उनीहरू वास्तवमा निरीह र कमजोर हुन पुग्छन्, उनीहरू राष्ट्रको सेवाभन्दा पनि जसको सोर्समा पदस्थापन, बढुवा, सरुवा हुन्छन्, उनीहरू अनुगृहीत हुने स्थिति सिर्जना हुन्छ, त्यो बाटो नहिँड्नु होला ।’

राष्ट्रसेवकहरू सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको उनले बताए । ललितपुरमा बुधबार आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवा प्रवेश तालिम-२०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यदाकदा सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने प्रवृत्ति देखिएको भन्दै सबैप्रति समान व्यवहार गर्न आग्रह गरे ।

उनले पोशाकका आधारमा व्यवहार नगरी सेवाग्राहीका समस्याहरू बुझेर यथोचित ढंगले सम्बोधन गर्न निर्देशन दिए । उनले आफूलाई असल राष्ट्रसेवक प्रमाािण्त गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने बताए ।

उनले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र सहज ढंगबाट सेवा प्राप्त गर्ने अनुकूल परिस्थिति निर्माण गर्ने काममा ध्यान दिन आग्रह गरे । उनले हाकिमको आदेशभन्दा पनि कानुन, राष्ट्र हित, नागरिक हितसँग बाझिएका बाहेकमा डराउनुपर्ने स्थिति नरहेको बताए ।

Share News