एक दर्जन बैंकले घटाए ब्याजदर

<p>काठमाडौं । बैंकिङ प्रणालीमा प्रयाप्त तरलता भएपछि बैंकहरूले थप ब्याजदर घटाएका छन् । बैशाख महिनाका लागि विभिन्न १२ वटा वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । प्राइम बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, मछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक र एनआईसी एशिया [&hellip;]</p>

काठमाडौं । बैंकिङ प्रणालीमा प्रयाप्त तरलता भएपछि बैंकहरूले थप ब्याजदर घटाएका छन् । बैशाख महिनाका लागि विभिन्न १२ वटा वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

प्राइम बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, मछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले बैशाख महिनाका लागि ब्याजदर घटाएका हुन् ।

प्राइम बैंकको ०.१५ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ७.१ प्रतिशत तोकेको छ भने संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा संस्थागततर्फ ७.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

नेपाल एसबिआई बैंकले ०.४८ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६.५३ प्रतिशत र संस्थागततर्फ ५.५३ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर तोकेको थियो ।

कुमारी बैंकले ०.२५ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ७.२६ प्रतिशत र संस्थागततर्फ ६.२६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ७.५१ प्रतिशत र संस्थागततर्फ ६.५१ प्रतिशत ब्याजदर निर्धारण थियो ।

लक्ष्मी सनराइज बैंकले ०.५० प्रतिशत घटाएर व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

सानिमा बैंकले ०.१५ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ७.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले चैतमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण थियो ।

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ०.४५ प्रतिशत घटाएर ६.५५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण थियो ।

नेपाल बैंकले ०.२५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।

ग्लोबल आइएमई बैंकले ०.६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैतमा बैंकले व्यक्तिगततर्फ ७.६ प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत ब्याजदर तोकेको थियो ।

मछापुच्छ्रे बैंकले ०.५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटाएर ७.२५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत घटाएर ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६५ प्रतिशत ब्याजदर तोकेको थियो ।

सिटिजन्स बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर तोकेको थियो ।

एनआईसी एशिया बैंकले व्यक्तिगततर्फ ०.८ प्रतिशत घटाएर ७.७५० प्रतिशत र संस्थागततर्फ ०८४८ प्रतिशत घटाएर ६.७० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ८.५४८ प्रतिशत र संस्थागततर्फ ५.५४८ प्रतिशत ब्याजदर तोकेको थियो ।

 

Share News