एनएमबि र एभरेष्ट बैंकले बढाए ब्याजदर

<p>काठमाडौं । अधिकांश वाणिज्य बैंकले बैशाख महिनाका लागि ब्याजदर घटाएपनि दुई वटा बैंकले भने बढाएका छन् । बैंशाख महिनाका लागि एभरेष्ट बैंक र एनएमबि बैंकले ब्याजदर बढाएका हुन् । एनएमबि बैंकले ०.९७ प्रतिशत र एभरेष्ट बैंकले ०.५ प्रतिशत ब्याजदर बढाएका हुन् । एनएमबि बैंकले ०.९७ प्रतिशत बढाएर व्यक्तिगततर्फ ७.९७ प्रतिशत र संस्थागततर्फ ६.९७ प्रतिशत ब्याजदर [&hellip;]</p>

काठमाडौं । अधिकांश वाणिज्य बैंकले बैशाख महिनाका लागि ब्याजदर घटाएपनि दुई वटा बैंकले भने बढाएका छन् । बैंशाख महिनाका लागि एभरेष्ट बैंक र एनएमबि बैंकले ब्याजदर बढाएका हुन् ।

एनएमबि बैंकले ०.९७ प्रतिशत र एभरेष्ट बैंकले ०.५ प्रतिशत ब्याजदर बढाएका हुन् । एनएमबि बैंकले ०.९७ प्रतिशत बढाएर व्यक्तिगततर्फ ७.९७ प्रतिशत र संस्थागततर्फ ६.९७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो ।

एभरेष्ट बैंकले ०.५ प्रतिशत ब्याजदर बढाएर व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

Share News