म अर्थमन्त्रालयमा आएपछि निर्माण व्यवसायीको ७० अर्ब निकासा गरेँ : अर्थमन्त्री पुन

<p>काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफू अर्थमन्त्रीको जिम्मेवारीमा आएपछि निर्माण व्यवसायीको लागि ७० अर्ब निकासा गरिएको बताए । बुधबार उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभामा बोल्दै उनले सो बताएका हुन् । निर्माण व्यवसायीहरुले लिएर आउनु ७० अर्ब बराबरको निकास म आफैँ अर्थमन्त्रीको जिम्मेवारीमा आइसकेपछि विभिन्न क्षेत्रमा मार्केटमा पठाइसकेका छौं, ७० अर्ब बजारमा एक महिनाभित्रमा गएको छ’ [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफू अर्थमन्त्रीको जिम्मेवारीमा आएपछि निर्माण व्यवसायीको लागि ७० अर्ब निकासा गरिएको बताए । बुधबार उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभामा बोल्दै उनले सो बताएका हुन् ।

निर्माण व्यवसायीहरुले लिएर आउनु ७० अर्ब बराबरको निकास म आफैँ अर्थमन्त्रीको जिम्मेवारीमा आइसकेपछि विभिन्न क्षेत्रमा मार्केटमा पठाइसकेका छौं, ७० अर्ब बजारमा एक महिनाभित्रमा गएको छ’ मन्त्री पुनले भने, ‘कुनै निर्माण व्यवसायीहरुको फाइल हामीले रोकिराखेका छैनौं ।’

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षमा करका दर हेरफेर गर्दा स्पष्टिकरण दिनसक्ने गरी गर्ने पनि बताएका छन् । मन्त्री पुनले आगामी बजेटबाट करका दर हेरफेर गर्दा औचित्य पुष्टि गर्न सकिने गरी काम गर्ने बताए ।

‘आगामी वर्ष करका दायराहरु हेरफेर गर्दा बढाउँदा पनि घटाउँदा पनि कारणसहित तपाईंहरुसँग आँखामा आँखा जुधाएर सार्वजनिक मञ्चमा जवाफ दिनेगरी मात्रै हेरफेर गरिन्छ,’ उनले भने ।

उनले कतिपय मन्त्रीहरुले विगतमा व्यक्तिलाई हेरेर समेत नीति बनाउने गरेकोमा त्यसको जवाफ दिनुपर्ने समेत बताए ।

Share News