कस्तो छ आजको मौसम पूर्वानुमान ?

<p>काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहेको छ । बुधबार दिउँसो पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुनुका साथै बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। [&hellip;]</p>


काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहेको छ ।

बुधबार दिउँसो पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुनुका साथै बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानका साथै अन्य केही भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Share News