भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा ७ नेपालीको निधन

<p>काठमाडौं । भारतको नैनीतालमा सोमबार राति साढे १० बजे सवारी दुर्घटना हुँदा सात नेपालीको निधन भएको छ । भारतीय मिडिया वान इण्डियाका अनुसार नैनीताल क्षेत्रको बेतालघाटको खोँचमा गाडी खस्दा सात जना नेपालीको निधन भएको हो । दुर्घटनामा आठ जनाको मृत्यु भएकोमा सात जना नेपाली रहेको खुलेको छ । भारतीय चालक राजेन्द्र कुमारले चलाएको सवारी २ [&hellip;]</p>

काठमाडौं । भारतको नैनीतालमा सोमबार राति साढे १० बजे सवारी दुर्घटना हुँदा सात नेपालीको निधन भएको छ । भारतीय मिडिया वान इण्डियाका अनुसार नैनीताल क्षेत्रको बेतालघाटको खोँचमा गाडी खस्दा सात जना नेपालीको निधन भएको हो ।

दुर्घटनामा आठ जनाको मृत्यु भएकोमा सात जना नेपाली रहेको खुलेको छ । भारतीय चालक राजेन्द्र कुमारले चलाएको सवारी २ सय मिटर तल खसेको थियो । अन्धकार तथा गहिरो खोँचका कारण उद्धारमा ढिलाइ भएको बताइएकाे छ ।

दुर्घटनामा निधन भएका सबै बेतालघाटको जल जीवन परियोजनामा काम गर्ने मजदुर भएको बताइएको छ । मृत्यु भएका नेपालीहरू ५० वर्षका बिसराम, ४५ वर्षका धिरज, ४० वर्षका अनन्तराम चौधरी, ३८ वर्षका विनोद चौधरी, ५५ वर्षका उदयराम चौधरी, ४५ वर्षका तिलकराज चौधरी, ६० वर्षका गोपाल छन् भने दुर्घटनामा शान्ति चौधरी र छोटु चौधरी घाइते भएका छन् । एजेन्सी

Share News