नहर भत्केपछि जुम्लामा विद्युत आपूर्ति बन्द, ८ सय घर अन्धकारमा

<p>जुम्ला । जिल्लाको डिल्लीचौर जलविद्युत आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत उत्पादनका निम्ति जल प्रवाह हुने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द भएको हो । २५ मिटर नहर पहिरोले भत्काएको छ । विद्युत सहकारीका अध्यक्ष कृष्णबहादुर बुढाले भने, ‘गत असारमा पहिरो गएपछि नहर चर्किएको थियो । त्यतिबेलादेखि नै नहर मर्मतको [&hellip;]</p>


जुम्ला । जिल्लाको डिल्लीचौर जलविद्युत आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत उत्पादनका निम्ति जल प्रवाह हुने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द भएको हो ।

२५ मिटर नहर पहिरोले भत्काएको छ । विद्युत सहकारीका अध्यक्ष कृष्णबहादुर बुढाले भने, ‘गत असारमा पहिरो गएपछि नहर चर्किएको थियो । त्यतिबेलादेखि नै नहर मर्मतको पहल भएको हो ।’ समयमै मर्मत नभएपछि यहीँ २४ चैतदेखि पूर्ण रूपमा विद्युत सेवा अवरुद्ध भएको उन जानकारी दिए ।

भत्केको नहर मर्मत गर्न ६ लाख रुपैयाँ बजेट आवश्यक पर्ने प्राविधिकले बताएका अध्यक्ष बुढाले जानकारी दिए । विद्युत अवरुद्ध हुँदा पालिकाका–४, ५ र ६ वडाका करिब आठ सय घर विद्युत् सेवाबाट वञ्चित भएका छन् भने गाउँपालिका, वडासहित अन्य सरकारी निकाय, बैंक तथा वित्तीय संस्थालाई समस्या भएको छ ।

डिल्लीचौर विद्युत आयोजनाको नहर मर्मत गर्न पालिकाबाट ३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । तत्काल नहर मर्मत गरेर विद्युत आपूर्तिको पहल थालिएको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले बताए ।

Share News