पूर्वमन्त्री खान सवार जीप कृष्णभिरमा दुर्घटना

<p>काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खान सवार जीप दुर्घटना भएको छ । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको उनी सवार बिएसी २७३५ नम्बरको गाडी धादिङको कृष्णभिरमा दुर्घटनामा परेको हो । उक्त गाडीमा खानसहित चार जना सवार रहेको बताइएको छ । दुर्घटनामा पूर्वमन्त्री खानसहित चारै जना सामान्य घाइते भएको बताइएको छ । उनीहरुलाई मलेखुकै स्थानीय [&hellip;]</p>

काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खान सवार जीप दुर्घटना भएको छ । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको उनी सवार बिएसी २७३५ नम्बरको गाडी धादिङको कृष्णभिरमा दुर्घटनामा परेको हो ।

उक्त गाडीमा खानसहित चार जना सवार रहेको बताइएको छ । दुर्घटनामा पूर्वमन्त्री खानसहित चारै जना सामान्य घाइते भएको बताइएको छ । उनीहरुलाई मलेखुकै स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर रेफर गरिएको छ ।

Share News