प्रहरीमा दुई डिआइजीको दरबन्दी थप

<p>काठमाडौं । नेपाल प्रहरीमा दुई डिआइजीको दरबन्दी थपिएको छ । साइबर ब्युरो र केनाइन महाशाखामा डिआइजीको पद राखिएको हो । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोमा साइबर हेर्ने गरी डिआइजी राख्न प्रस्ताव गरेको थियो । त्यसैगरी केनाईन महाशाखामा डिआइजीको दरबन्दी राख्नुपर्ने प्रस्ताव गरिएको थियो । साइबर ब्युरोका एसएसपी नवीन्द्र अर्याल तथा केनाइनकी डा. देउती गुरुङलाई बढुवाका [&hellip;]</p>

काठमाडौं । नेपाल प्रहरीमा दुई डिआइजीको दरबन्दी थपिएको छ । साइबर ब्युरो र केनाइन महाशाखामा डिआइजीको पद राखिएको हो ।

प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोमा साइबर हेर्ने गरी डिआइजी राख्न प्रस्ताव गरेको थियो । त्यसैगरी केनाईन महाशाखामा डिआइजीको दरबन्दी राख्नुपर्ने प्रस्ताव गरिएको थियो ।

साइबर ब्युरोका एसएसपी नवीन्द्र अर्याल तथा केनाइनकी डा. देउती गुरुङलाई बढुवाका लागि विशेष दरबन्दी थप भएको हो । एसएसपी अर्याल र गुरुङको पुगनपुग एक वर्षमात्रै अवधि बाँकी रहेको छ । बढुवा भएका अधिकारीले अवकाश पाएलगत्तै पद खारेज हुने गरी विशेष दरबन्दी थपिएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रस्ताव स्वीकृत गरेको छ ।

Share News