मर्मत भएनन् मार्तडीका सोलार बत्ती

<p>बाजुरा । बाजुराको बडिमालिका नगरपालिकाको बजार क्षेत्रमा जडान गरिएका सोलार (स्यौर्य) बत्ती दुई वर्षदेखि मर्मत हुन सकेका छैनन् । बिग्रिएका सोलार बत्ती नगरपालिकाले मर्मत नगर्दा हाल प्रयोगविहीन अवस्थामा छन् । मार्तडी बजार क्षेत्रमा रातिको समयमा आवतजावतमा सहजताका लागि मालिका माध्यमिक विद्यालयदेखि जिल्ला अस्पताल, खुलामञ्चदेखि गौडाडिलसम्म र खुलामञ्चदेखि चैडिलसम्मको क्षेत्रमा सोलार बत्ती जडान गरिएका थिए । [&hellip;]</p>

बाजुरा । बाजुराको बडिमालिका नगरपालिकाको बजार क्षेत्रमा जडान गरिएका सोलार (स्यौर्य) बत्ती दुई वर्षदेखि मर्मत हुन सकेका छैनन् । बिग्रिएका सोलार बत्ती नगरपालिकाले मर्मत नगर्दा हाल प्रयोगविहीन अवस्थामा छन् ।

मार्तडी बजार क्षेत्रमा रातिको समयमा आवतजावतमा सहजताका लागि मालिका माध्यमिक विद्यालयदेखि जिल्ला अस्पताल, खुलामञ्चदेखि गौडाडिलसम्म र खुलामञ्चदेखि चैडिलसम्मको क्षेत्रमा सोलार बत्ती जडान गरिएका थिए । बिग्रेका बत्ती मर्मत गर्न नगरपालिकाले चासो देखाएको छैन । विसं २०७४ मा स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेर सोलार बत्ती जडान गरेको हो ।

रातिको समयमा दुर्घटनाको जोखिम बढेको छ’, स्थानीय उर्मिला रोकायाले भने। मार्तडी बजारको सडकको छेउमा सोलार बत्ती निर्माण गर्ने अभियानसहित बडीमालिका नगरपालिकादेखि गौणडिल, लोकतान्त्रिक चोक हुँदै डिभिजन वन कार्यालय र मालिका मन्दिरको चैतडिलसम्म सौर्यबत्ती जडान गरी प्रयोगमा ल्याएको थियो ।

सदरमुकाम मार्तडी बजारलाई सौर्यबत्तीले झिलीमिली र बजारको प्रत्येक ठाउँमा राख्ने भनिएका सिसी क्यामरा पालिकाको नीति तथा कार्यक्रममा मात्र सीमित छ । स्थानीय तहले सोलार बत्ती मर्मत कार्यमा ध्यान नदिएको स्थानीय हर्कबहादुर थापाले बताए ।

नगर उपप्रमुख नन्दा थापाले सोलार बत्ती मर्मतका लागि गत आर्थिक वर्षमा बजेट अभाव भएको बताए । उनले चालू आर्थिक वर्षभित्रै सोलार बत्ती मर्मत गरिने बताए। पालिकामा प्रमुख प्रशासकीय अधिकृत केही समय अन्यत्र सरुवा हुँदा कामा बाधा पुगेको उपप्रमुख थापाको भनाइ छ ।

Share News