
काठमाडौं । नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा भएका छन् ।
बुधबार बसेको बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डीएसपीका लागि सिफारिस गरको हो ।
डिएसपीमा बढुवा हुनेहरूमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यररत निर्मल पनेरू, इलाका प्रहरी कार्यालय ठाडादह अर्घखाँचीमा कार्यरत ऋषिराम खर्तीमगरलगायत छन् ।
