काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बझाङ प्रदेश सभा १ को उपनिर्वाचनका लागि अभिषेक सिंहलाई पार्टीबाट उम्मेदवार प्रस्ताव गरेका छन् । निवास बूढानीलकण्ठमा बुधबार बसेको संसदीय बोर्ड बैठकमा सभापति देउवाले सिंहलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका हुन् ।
देउवाले सिंहको नाम प्रस्ताव गरे पनि यो नाममा अरूले सहमति भने जनाएका छैनन् । महामन्त्री गगनथापा लगायतले बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन् ।
बझाङबाट १० जनाको नाम सिफारिस भएको थियो । वैशाख १५ मा हुने उपनिर्वाचनका लागि यही चैत २४ गते मनोनयन दर्ताको कार्यक्रम छ ।
यस्तै, देउवाले इलाममा डम्बरबहादुर खड्कालाई उम्मेदवार प्रस्ताव गरेका छन् ।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले उम्मेदवार सिफारिस भएका सबैसँग छलफल गरेर सहमतिमै बिहीबार उम्मेदवार चयन गरिने बताए ।