सञ्चालकको निर्वाचन रोक्न नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सर्वोच्चको आदेश

<p>काठमाडौं । सर्वाेच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी)को सञ्चालक समितिको निर्वाचन प्रक्रिया रोक्न अल्पकालीन आदेशन दिएको छ । सर्वाेच्च अदालतले आइतबार आदेश दिएसँगै बैंकको निर्वाचन प्रक्रिया रोकिएको हो । बैंकले संस्थापक सेयरधनीसमूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसहित चैत २० गते ३७औं [&hellip;]</p>

काठमाडौं । सर्वाेच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी)को सञ्चालक समितिको निर्वाचन प्रक्रिया रोक्न अल्पकालीन आदेशन दिएको छ । सर्वाेच्च अदालतले आइतबार आदेश दिएसँगै बैंकको निर्वाचन प्रक्रिया रोकिएको हो ।

बैंकले संस्थापक सेयरधनीसमूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसहित चैत २० गते ३७औं वार्षिक साधारण सभा आह्वान गरेको थियो ।

उम्मेदवारको योग्यतामा प्रश्न उठाउँदै उम्मेदवार समेत रहेका वरिष्ठ अधिवक्ता एवं प्राध्यापक ताराप्रसाद सापकोटाले निर्वाचन अधिकृतसमक्ष दाबी विरोध निवेदन पेस गरेका थिए । निर्वाचन अधिकृतले दाबी विरोध निवेदनको सुनुवाई नगरी अयोग्य भनिएका उम्मेदवारको नामसमेत राखेर अन्तिम नामावली प्रकाशन गरेपछि विवाद उत्पन्न भएको थियो ।

सापकोटाले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले तत्काल निर्वाचन प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी भएको हो । सर्वाेच्च अदालतको अर्काे आदेश नआएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको कम्पनी सचिव मनिष कुमार सिंहले जानकारी दिए ।

सर्वोच्च अदालतमा निवेदकका तर्फबाट निवेदक स्वयं सापकोटा, वरिष्ठ अधिवक्ताहरू गुणानिधि न्यौपाने, उपेन्द्रराज पौडेल, दिनेश त्रिपाठी, गोपालकृष्ण घिमिरे, अधिवक्ताहरू केशरमणि अर्याल, अवतार न्यौपानेसमेतले बहसपैरवी गरेका थिए ।

निर्वाचन अधिकृत शिव कुमार श्रेष्ठका अनुसार बैंकको सञ्चालक बन्न संस्थापक सेयरधनीहरूको समूहबाट ११ जना र सर्वसाधाण सेयरधनीहरूको समूहबाट ३ जना गरी १४ जनाले उम्मेदवारी दिएका हुन् । बैंकको संस्थापक सेयरधनीहरूको समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै पृथ्वी बहादुर पाँडे, मुक्ति राम पाण्डे, मदन कुमार आचार्य, डा. इन्द्र बहादुर मल्ल ठकुरी, केयुपि इन्भेष्टमेण्ट प्रालिको प्रतिनिधित्व गर्दै प्रजन्य राजभण्डारीले उम्मेदवारी दिएका छन् ।

यस्तै, सोफिया इन्भेष्टमेण्ट प्रालिको प्रतिनिधित्व गर्दै वरुण श्रेष्ठ, नागरिक लगानी कोषको प्रतिनिधित्व गर्दै पर्वत कुमार कार्कीले उम्मेदवारी दिएका छन् । भिम प्रसाद पन्त, डा.तारा प्रसाद सापकोटा, रवि महर्जन, सुशिल गौचनले सञ्चालक बन्न उम्मेदवारी दिएको निर्वाचन अधिकृत श्रेष्ठको भनाइ छ ।

सर्वसाधाण सेयरधनीहरूको समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न कवि कुमार टिवरेवाला, चक्र बहादुर थापा र विकाश थापाले आवेदन दिएका छन् ।

Share News