अर्थसचिव बनिसकेका तोयम रायालाई महालेखा परीक्षेक बनाउन सिफारिस

<p>काठमाडाैं । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बिहान बसेको बैठकले रायालाई महालेखा परीक्षकमा सिफारिस गर्ने निर्णय गरेको हो । उनलाई ६ वर्षे कार्यकालका लागि महालेखा परीक्षकमा सिफारिस गरिएको हाे । हाल उनी राष्ट्रिय तथ्यांक कार्यालयका सचिवकाे रूपका कार्यरत छन् । उनी पूर्व अर्थसचिव हुन् । राया २०७६ भदौमा सचिवमा बढुवा भएका थिए [&hellip;]</p>

काठमाडाैं । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बिहान बसेको बैठकले रायालाई महालेखा परीक्षकमा सिफारिस गर्ने निर्णय गरेको हो ।

उनलाई ६ वर्षे कार्यकालका लागि महालेखा परीक्षकमा सिफारिस गरिएको हाे । हाल उनी राष्ट्रिय तथ्यांक कार्यालयका सचिवकाे रूपका कार्यरत छन् । उनी पूर्व अर्थसचिव हुन् ।

राया २०७६ भदौमा सचिवमा बढुवा भएका थिए । उनीसँग अर्थ प्रशासनमा लामो समय काम गरेको अनुभव छ । विभिन्न कर कार्यालयको नेतृत्व गरेका उनीसँग त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा पनि काम गरेकाे अनुभव छ ।

गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो । संवैधानिक परिषदको सचिवालयले साउन २० गते महालेखा परीक्षक नियुक्त हुन इच्छुकहरुसँग आवेदन मागेको थियो। रायासहित १६ जनाले महालेखा परीक्षक बन्न दाबेदारी प्रस्तुत गरेका थिए।

आवेदन दिनेहरूमा पूर्वसचिव शिशिरकुमार ढुंगाना, राममाया कुँवर, रामशरण पुडासैनी, गोपीनाथ मैनाली, हरि बस्याल, रामप्रसाद थपलिया, शंकर खरेल, बाबुराम गौतम थिए।

Share News