काठमाडौं । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आजै नियुक्त भएका जसपाका सांसद कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्धारा सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शपथ ग्रहण गरेका हुन् ।
जसपाले यसअघि नै धनुषा १ बाट निर्वाचित कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
