काठमाडौं । होली दिनमा प्रहरीले ट्राफिक चेकजाँचमा थप कडाइ गरेको छ । रङहरूको पर्वको रूपमा परिचित होलीको दिन प्रहरीले काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थालाई थप कडाइ गरेको हो ।
काठमाडौं उपत्यकामा ट्राफिक कार्यालयका अनुसार आइतबार काठमाडौं उपत्यकाका ९० भन्दा बढी स्थानमा ट्राफिक चेकजाँचको व्यवस्था मिलाइएको छ भने ९ सय भन्दा बढी ट्राफिक चेकजाँचका लागि खटाइएको छ ।
होलीमा काठमाडौंको सुरक्षा व्यवस्था चुस्त राख्न ३ हजार प्रहरी परिचालन गरिएको कार्यालयका प्रवक्ता एसएसपी जीवन कुमार श्रेष्ठले बताए । उनका अनुसार तीन हजारमध्ये २ हजार पाँच सय सादा पोसाक र ५ सय जनालाई पोसाकसहित परिचालन गरिएको छ ।
उनले सवारी नियमविपरीत सवारी साधन चलाउने प्रवृत्तिलाई निस्तेज गरी सम्भावित सडक दुर्घटना रोक्नका लागि उपत्यकामा ट्राफिक चेकजाँचमा थप कडाइ गरिएको जानकारी दिए ।
उनले मापसे र लापसे चेकिङदेखि अन्य चेकजाँच भइरहेको बताए । उनका अनुसार चेकजाँचमा ३० वटा मोबाइल भ्यान परिचालन गरिएको छ । सवारी नियमविपरीत सवारी साधन चलाउने प्रवृत्तिलाई निस्तेज गरी सम्भावित सडक दुर्घटना रोक्नका लागि उपत्यकामा ट्राफिक चेकजाँच कडा पारिएको छ ।
बिहानैदेखि मापसे र लापसे चेकिङदेखि अन्य चेकजाँच भइरहेको छ । उनका अनुसार ३० वटा मोबाइल भ्यान परिचालन गरिएको छ ।
‘अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाइ गरी ठूला आवाज निकाल्ने, तीन जना चढ्ने, हेल्मेट नलगाउनेलाई विशेष निगरानी गरिरहेका छौं, ट्राफिक नियम उल्लंघन गर्नेलाई समेत कडाइका साथ कारबाही गर्छौं,’ उनले भने ।
होली पर्वको किम्बदन्ती र यसलाई मनाउने तरिका फरक भए पनि यसमा प्रयोग हुने रङहरू मित्रता, सद्भाव र उल्लाससँग जोडिएका छन् । होलीलाई व्यवस्थित किसिमले मनाउनका लागि पनि प्रहरीले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाएको हो ।