
तस्वीर : निखिल श्रेष्ठ
धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा गुडिरहेको एक ट्रकमाथि आगलागी भएको हो ।
उक्त आगो ट्रकबाट पुलमा समेत सल्किएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार लाइटर बोकेको ट्रकमा आगलागी भएको हो । प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका उनले बताए ।