काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबारको संसदमा सम्बोधन गर्ने भएका छन् । उनले बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्न लागेका हुन् ।
नयाँ सत्ता समीकरण बनाएपछि प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।