एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने

<p>काठमाडौं । नयाँ सत्तासमिकरणमा नेकपा एकीकृत समाजवादी पनि सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बन्ने नयाँ मन्त्रीमण्डलमा एकीकृत समाजवादीबाट दुई जना मन्त्री बन्ने भएका हुन् । यस पार्टीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका हुन् । जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री [&hellip;]</p>

काठमाडौं । नयाँ सत्तासमिकरणमा नेकपा एकीकृत समाजवादी पनि सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बन्ने नयाँ मन्त्रीमण्डलमा एकीकृत समाजवादीबाट दुई जना मन्त्री बन्ने भएका हुन् ।

यस पार्टीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका हुन् । जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो ।

उनीहरुको नाम समेत शपथका लागि राष्ट्रपति कार्यालयमा पुगेको कार्यालयको भनाई छ । योसँगै नयाँ मन्त्रीमण्डलको संख्या २० पुगेको छ ।

Share News