नक्कली थाईभाटसहित पाकिस्तानी नागरिक पक्राउ

<p>काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ठमेल नरसिंह चोकबाट नक्कली थाईभाटसहित एकजना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । निजलाई आज सार्वजनिक गर्दै प्रहरीले पाकिस्तानको कराँचीका स्थायी बासिन्दा ३४ वर्षीय शेरदाज खानलाई एक हजार दरको १४ थान थाईभाटसहित नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए । &#8216;ठमेलस्थित गरिमा विकास बैंकबाट नोट साट्ने क्रममा नक्कली नोट [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ठमेल नरसिंह चोकबाट नक्कली थाईभाटसहित एकजना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

निजलाई आज सार्वजनिक गर्दै प्रहरीले पाकिस्तानको कराँचीका स्थायी बासिन्दा ३४ वर्षीय शेरदाज खानलाई एक हजार दरको १४ थान थाईभाटसहित नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए ।

‘ठमेलस्थित गरिमा विकास बैंकबाट नोट साट्ने क्रममा नक्कली नोट बोकेका उनलाई मङ्गलबार साँझ सादा पोसाकमा परिचालन भएका सुरक्षाकर्मीले पक्राउ गरेका हुन्’, प्रहरी प्रवक्ता ढकालले भने । रासस

Share News