बिना विभागीय तीन मन्त्रीले लिए शपथ

<p>काठमाडौं । शितलनिवासमा बिना विभागीय तीन जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार साँझ नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् । कांग्रेस, माओवादी, जनता समाजवादी पार्टीको सत्ता गठबन्धन भत्किएर एमाले-माओवादी-राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको नयाँ गठनबन्धन बनेपछि पुनगर्ठित मन्त्रिपरिषद्मा [&hellip;]</p>

काठमाडौं । शितलनिवासमा बिना विभागीय तीन जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार साँझ नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।

कांग्रेस, माओवादी, जनता समाजवादी पार्टीको सत्ता गठबन्धन भत्किएर एमाले-माओवादी-राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको नयाँ गठनबन्धन बनेपछि पुनगर्ठित मन्त्रिपरिषद्मा ३ जनाले बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् । शपथ लिने तीनै जना प्रतिनिधिसभाका सांसदहरू पूर्वमन्त्रीसमेत हुन् ।

प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन् ।

Share News