मुगुका तत्कालीन कार्यालय प्रमुखसहित १० जनाविरुद्ध मुद्दा दायर, भ्रष्टाचार गरेको आरोप

<p>काठमाडौं । मुगुका सोरु गाउँपालिकाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डेसहित १० जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (सीआईबी) ले उक्त गाउँपालिकास्थित तन्दवाडा छडा सिँचाई आयोजनामा गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै १० जनाविरुद्ध मुद्दा दायर गरेको हो । मुद्दा दायर हुनेमा मुगुका जिल्ला प्राविधिक कार्यायका तत्काकलीन कार्यालय प्रमुख [&hellip;]</p>

काठमाडौं । मुगुका सोरु गाउँपालिकाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डेसहित १० जनाविरुद्ध मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (सीआईबी) ले उक्त गाउँपालिकास्थित तन्दवाडा छडा सिँचाई आयोजनामा गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै १० जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

मुद्दा दायर हुनेमा मुगुका जिल्ला प्राविधिक कार्यायका तत्काकलीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डे, सामुदायिक सिँचाई आयोजना (सीआईपी) का इन्जिनियर महेशसिंह कठायत, सव इन्जिनियर भिमबहादुर रोकाया, आयोजनामा खटिएका सर्जन बहादुर शाही, वडा नं. ९ का तत्कालीन वडा अध्यक्ष परुनाथ योगी, कालै गाविसका गाविस सचिव नव गिरी, आयोजना उपभोक्ता समितिका अध्यक्ष लोक भन्ने लोग बहादुर शाही, सचिव र्बैदेवी शाही र कोषाध्यक्ष रुपा भन्ने रत्न रुपा शाही र उक्त आयोजनामा खटिएका सामाजिक परिचालन संयोजक प्रकाश बुढथापा रहेका छन् ।

उक्त आयोजनाका अध्यक्ष र कर्मचारीको मिलेमतोमा लागत अनुमान लुकाई इष्टिमेटअनुसार काम नगरी सरिया र सिमेन्ट पनि कम प्रयोग गरी न्यून गुणस्तरको काम गरी रकम हिनामिना गरेको आयोगको आरोप छ ।

उपभोक्ता समिति र आयोजनाबीच गत २०७२ मंसिर १३ मा एक वर्षभित्रै सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर उक्त निर्माण कार्य शर्त एवं सम्झौता विपरीत भएको र समयमै सम्पन्न नभएको बताइएको छ । साथै, प्राविधिक मूल्यांकन प्रतिवेदनमा पनि नभएको वा नगरेको कामको समेत पहिलो, दोश्रो र अन्तिम रनिङ बिलहरु प्रमाणित गरी उपभोक्ता समितिलाई वास्तविकभन्दा २६ लाख ८२ हजार रुपैयाँ बढी भुक्तानी लिई सरकारी संस्थालाई गैरकानूनी हानिनोक्सानी पुर्याउने काम भएको पुष्टि भएको अख्तियारले जानकारी गराएको छ ।

यससँगै आयोगले १० जनालाई भ्रष्टाचार कसुरमा सजाय र बिगो बमोजिमको जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिई सोमबार काठामाडौंको विशेष अदालतमा आरोपत्र दायर गरेको छ ।

Share News