नयाँ अर्थमन्त्री : प्रचण्डको वर्षमान र ओलीको विष्णुमा अडान

<p>काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै नयाँ अर्थमन्त्री को बन्छ भन्ने चर्चा सुरु भएको छ । यसअघिको गठबन्धनको साझेदार नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत अर्थमन्त्रीबाट बाहिरिने भएसँगै नयाँ अर्थमन्त्री को बन्छ भन्ने चासो बढेको हो । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वअर्थमन्त्री वर्षमान पुनलाई अर्थमन्त्री बनाउन चाहेका छन् । अहिले आफू सरकारको नेतृत्वमा रहेको [&hellip;]</p>

काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै नयाँ अर्थमन्त्री को बन्छ भन्ने चर्चा सुरु भएको छ । यसअघिको गठबन्धनको साझेदार नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत अर्थमन्त्रीबाट बाहिरिने भएसँगै नयाँ अर्थमन्त्री को बन्छ भन्ने चासो बढेको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वअर्थमन्त्री वर्षमान पुनलाई अर्थमन्त्री बनाउन चाहेका छन् । अहिले आफू सरकारको नेतृत्वमा रहेको र आफू निकटको व्यक्ति अर्थमन्त्री भएपछि आफूलाई काम गर्न सहज हुने तर्क गर्दै प्रचण्डले वर्षमानलाई अर्थमन्त्री बनाउनु पर्ने अडान राख्दै आएका छन् ।

सरकार यतिखेर आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा पनि छ । अधिकांश काम अगाडि बढिसकेकोले आफ्नै पार्टीबाट अर्थमन्त्री बन्नु पर्ने अडान प्रधानमन्त्री प्रचण्डको छ ।

तर, एमालेका अध्यक्ष ओलीले भने पूर्व अर्थमन्त्री रहेका विष्णु पौडेललाई अर्थमन्त्री बनाउन चाहेका छन् । पौडेल अर्थमन्त्री बन्ने सम्भावना धेरै छ । विष्णु पौडेलले पनि आफू अर्थमन्त्री बन्ने इच्छा देखाएका छन् । यसअघि आफूले सुरु गरेका कामहरु ‘पेण्डिङ’ मा रहेकोले अब अर्थमन्त्री बनेर ती कामहरू पूरा गर्ने पौडेलले बताइरहेका छन् । ओलीले पनि उनलाई साथ दिइरहेका छन् ।

आजै सानो आकारको मन्त्रिपरिषद गठन हुने बुझिएको छ । नयाँ गठबन्धनबाट मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् ।

Share News