प्रधानमन्त्री निवासमा नयाँ मन्त्रिपरिषद् गठनबारे छलफल जारी

<p>काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ मन्त्रिपरिषद् गठनको विषयमा छलफल भइरहेको छ । नयाँ मन्त्रिपरिषद् गठनको विषयमा अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र), नेकपा(एमाले) रास्वपा, नागरिक उन्मुक्ति पार्टीका शिर्ष नेतृत्व सहभागी भएका छन् । पुरानो राजनीतिक समिकरणबाट बनेका मन्त्रिहरु हटाएर प्रधानमन्त्रीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको जनाइएको छ । नेकपा एमालेले [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ मन्त्रिपरिषद् गठनको विषयमा छलफल भइरहेको छ । नयाँ मन्त्रिपरिषद् गठनको विषयमा अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र), नेकपा(एमाले) रास्वपा, नागरिक उन्मुक्ति पार्टीका शिर्ष नेतृत्व सहभागी भएका छन् ।

पुरानो राजनीतिक समिकरणबाट बनेका मन्त्रिहरु हटाएर प्रधानमन्त्रीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको जनाइएको छ । नेकपा एमालेले दलको दलको तर्फबाट पदम गिरीलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ भने रास्वपाको सरकारमा सहभागी हुनेबारेमा निर्णय हुने अधिकार सभापति रवि लामिछानेले पाएका छन् ।

बालुवाटार बैठकमा सहभागी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले आफ्नो पार्टी नयाँ गठबन्धनप्रति सकारात्मक रहेको र आफ्ना मागहरु सम्बोधन गराएर सहभागी हुने प्रतिक्रिया दिएका छन् ।

Share News