सत्ता गठबन्धनको फेरबदलसँगै नयाँ मन्त्रीको चर्चा, को बन्दैछन् अर्थमन्त्री ?

<p>काठमाडौं । वर्तमान सत्ता गठबन्धन भत्किने पक्का भएको छ । हाल कायम रहेको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्ने भएको हो । अब नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य हुने भएको हो । सत्ता गठबन्धनमा लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)लाई पनि समेट्ने सहमति [&hellip;]</p>

काठमाडौं । वर्तमान सत्ता गठबन्धन भत्किने पक्का भएको छ । हाल कायम रहेको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्ने भएको हो । अब नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य हुने भएको हो ।

सत्ता गठबन्धनमा लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)लाई पनि समेट्ने सहमति भएको बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने बुझिएको छ । नयाँ गठबन्धन बन्ने भएसँगै अब मन्त्री पनि को आउलान् भन्ने चासो बढेको छ ।

उसो त प्रधानमन्त्री प्रचण्डले अहिलेका सबै मन्त्री हटाउने तयारी थालेका छन् । उनले पहिलो चरणमा नयाँ गठबन्धनमा सहभागी सबै दलबाट एक/एक मन्त्री बनाउने तयारी गरेका हुन् ।

एमालेले पदम गिरीलाई सरकारमा पठाउने निर्णय गरेको छ । विवादित मन्त्रीलाई बर्खास्त गरेर नयाँ मन्त्री नियुक्त गर्ने तयारी प्रधानमन्त्रीको छ ।

सत्ता गठबन्धन भत्किने भएसँगै नेपाली काँग्रेसबाट अर्थमन्त्री बनेका डा. प्रकाशशरण महत पनि बाहिरिने भएका छन् । अब अर्थमन्त्री पनि को बन्छन् भन्ने विषयले पनि प्राथमिकता पाएको छ ।

स्रोतका अनुसार माओवादी केन्द्रबाटै अर्थमन्त्री बन्ने सम्भावना बढी छ । माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्माको नाम अहिले चर्चामा छ ।

तर, शर्मा यसअघि विवादित बनेकोले उनीभन्दा बलियो दावेदार पुन देखिन्छन् । तर, एमालेले अर्थमन्त्रीमा बलियो दाबी गर्न सक्यो भने एमालेबाट पनि अर्थमन्त्री बन्न सक्ने सम्भावना प्रवल छ । एमालेबाट विष्णु पौडेलको नाम पनि चर्चामा छ । पौडेल यसअघि पनि अर्थमन्त्री बनिसकेका छन् ।

Share News