‘सहरी व्यवस्थापनका क्रममा हामी बल प्रयोग गर्दैनौं, सुन्धारा घटनामा प्रतिरक्षा भएको हो’

<p>काठमाडौं । महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरीमाथि आक्रमण भएको बताएका छन् । उक्त क्षेत्रमा सडक व्यापार नगर्न आग्रह गर्दा गर्दै पनि अटेर गरेका व्यापारीद्धारा प्रहरीमाथि आक्रमण भएको उनले बताए । &#8216;त्यस क्षेत्रमा सडक व्यापार [&hellip;]</p>

काठमाडौं । महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरीमाथि आक्रमण भएको बताएका छन् । उक्त क्षेत्रमा सडक व्यापार नगर्न आग्रह गर्दा गर्दै पनि अटेर गरेका व्यापारीद्धारा प्रहरीमाथि आक्रमण भएको उनले बताए ।

‘त्यस क्षेत्रमा सडक व्यापार नगर्न हामीले गएको १ महिना अघिदेखि माइकिङ् गरेर सचेत गराइरहेका थियौं, गएको १५ दिनअघिदेखि व्यापारीहरुले नगर प्रहरीलाई गाली गर्न थालेका थिए,’ उनले भने ।

पाण्डेले नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ९ जना प्रहरी घाइते भएको बताएका छन् । उनका अनुसार घाइतेमध्ये लामिछानेसहित ३ जनालाई टाउकोमा चोट लागेको छ ।

‘बुधबार सडकमा व्यापारी आउन थालेको सूचना पाएर मध्य क्षेत्रका कमाण्डर लामिछानेको कमाण्डमा प्रहरीहरु सुन्धारा गएका थिए । उनी पुग्ने बित्तिकै आक्रमण भयो ।’ प्रहरी बलका प्रमुख पाण्डे भन्छन्- ‘भीडको अगाडि महिला राखेर पछाडिबाट फलामे रड र ढुङ्गा प्रहार भयो । यसबाट बच्न नगर प्रहरीले प्रतिरक्षा गरेको हो । कसैमाथि दमन गर्ने वा घरपकड गर्ने काम हामीबाट भएको छैन । त्यो हाम्रो काम पनि होइन ।’ ’

Share News