
काठमाडौं । बिहीबार पनि काठमाडौंको महाराजगञ्ज क्षेत्रका केही ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने भएकाले ४ घण्टा विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।
बिहीबार महाराजगञ्जको गोंगबु, सामाखुसी, टाउन प्लानिङ क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसमम् विद्युत सेवा अवरुद्ध हुने विद्युत प्राधिकरणले जनाएको छ ।
यस्तै, १८ गते चपली घुम्ती चोक र पासिकोट क्षेत्र, १९ गते हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको क्षेत्रमा ४ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुनेछ।
त्यसैगरी २० गते लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवीसम्मको क्षेत्र, २१ र २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने छ ।