काठमाडौं । कुमारी क्यापिटलले निष्कासन गरेको कुमारी सबल योजनाको इकाई बाँडफाँड सम्पन्न भएको छ । कुमारी क्यापिटलको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी सबल योजनाको इकाई सर्वसाधारणलाई आज बाँडफाँड गरिएको हो ।
गत माघ २८ गतेदेखि फागुन १३ गतेसम्म प्रतिइकाई १० रूपैयाँ दरको १० करोड इकाईको १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्धक कम्पनी कुमारी बैंकलाई र १ प्रतिशत ले हुन आउने बिजपूँजी वापतको १० लाख इकाई योजना व्यावस्थापक कम्पनी कुमारी क्यापिटल लिमिटेडलाई सुरक्षित राखी बाँकी सार्वजनिक निष्काशन मार्फत र८ करोड ५० लाख इकाई निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा १४ प्रतिशत विजपूँजी वापतको १ करोड ४० लाख इकाई कोष प्रवद्धक कम्पनी र १ (एक) प्रतिशत बिजपूँजीवापतको १० लाख इकाई योजना व्यावस्थापक कम्पनी कुमारी क्यापिटललाई बाँडफाँड गरिएको र बाँकी सर्वसाधारण तथा संघ–संस्थाहरुबाट प्राप्त आवेदकहरुलाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
उक्त इकाई आज कुमारी क्यापिटलको नागपोखरी नक्सालमा रहेको काठमाडौंमा आमन्त्रित सदस्यहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा बाँडफाँड गरिएको हो ।
जम्मा आवेदन दिने २९ हजार १६० जनामध्ये रितपुर्वक आवेदन दिने २९ हजार १३४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरियो र दोहोरो आवेदन दिने २६ जना आवेदकहरुको आवेदन रद्द गरिएको क्यापिटलले जनाएको छ ।